भूतप्रभावी कानुन बनाएर ओली–लेखकलाई कारबाही गर्न आयोगको सिफारिस, कानुनविद् भन्छन्– मिल्दैन
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
राष्ट्रिय मानवअधिकार आयोगले जेन–जी आन्दोलनका बेलाका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कानुन बनाएर कारबाही गर्न सिफारिस गरेको छ । आयोगले मानवअधिकार उल्लंघनको कसुरमा नयाँ कानुन निर्माण गरी कारबाही गर्नुपर्ने तर्क गरेको छ । यद्यपि, कानुनविद्हरूले भूतप्रभावी कानुन बनाएर कारबाही गर्न नमिल्ने र यो आयोगको क्षेत्राधिकारभित्र नपर्ने बताएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›