दाङका यूवा व्यवसायीको जाँगर, कृषि फार्ममा ४० जनालाई रोजगारी
▸ यस स्टोरीको अंश: नवदम्पतीले बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान गरी वन्यजन्तुको त्रास घटाए
घोराही उपमहानगरपालिका–२ निमुरियाका हरि जिसीले व्यावसायिक कृषि सञ्चालन गरी स्थानीयलाई रोजगारी दिलाइ रहेका छन् । उमेरले ३७ वर्ष पुग्नुभएका जिसीले सुवर्ण कृषि फार्ममार्फत कृषि व्यवसाय गर्दै आएका छन् । जग्गा भाडामा लिएर खेती गरी जिसी स्वरोजगार त बन्नुभएको छ नै अरु ४० जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् । सात वर्षअघि सात कट्ठा जग्गाबाट सुरु गरेको तरकारी खेती अहिले १४ बिघामा फैलिएको छ । आफ्नो एक बिघा र बाँकी जग्गा भाडामा लिएर उनले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । वार्षिक दुई करोड रुपैयाँको कारोबार गर्ने जिसीले कामदारको ज्यालामा मात्रै झन्डै एक करोड रुपैयाँ वार्षिक खर्च रहेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित