इन्डोनेसियालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा
▸ यस स्टोरीको अंश: एसियन गेम्स छनोट: इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा
एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा नेपाल प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल चार अंकसहित सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालको जितले समूह बीबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेकाे छ । नेपालको जितमा कप्तान इन्दु बर्माले ४२ र सीता राना मगरले १३ रन बनाइन् । सोनी पाख्रिनले २९ रन बनाइन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित