संसदमा एमाले सांसद महरको प्रश्न : बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?
नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बझाङमा ७० मेगावाट भन्दा बढी विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि जिल्लाका ४० प्रतिशतभन्दा बढी जनता अझै पनि बिजुलीको पहुँचबाट टाढा रहेको तथ्य पेस गरे । उनले समस्या समाधानका लागि बझाङमा तत्काल सबस्टेसन निर्माण गर्न र सञ्चार सेवा सहज बनाउन सरकारसँग जोडदार माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित