सगरमाथा दिवसमा हिमालयमा जलवायु परिवर्तनका प्रभावबारे ब्रसेल्समा संवाद
▸ यस स्टोरीको अंश: ब्रसेल्समा हिमालयमा जलवायु परिवर्तनको प्रभावबारे अन्तर्राष्ट्रिय संवाद
सगरमाथा दिवसको अवसर पारेर बेल्जियमस्थित नेपाली राजदूतावासले युरोपेली बाह्य कार्य सेवामा ‘जलवायु परिवर्तन र यसको हिमालयमा प्रभाव’ विषयमा अन्तरराष्ट्रिय संवाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जलवायु परिवर्तनका कारण हिमाली राष्ट्रहरूले भोगिरहेका चुनौतीबारे विशेष छलफल गरिएको थियो । नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्दै जलवायु परिवर्तनको मुख्य असर खेपिरहेका संवेदनशील हिमाली पारिस्थितिक प्रणालीको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›