रुस-चीन ग्यास वार्ता अलपत्र
▸ यस स्टोरीको अंश: रुस-चीन पावर अफ साइबेरिया-२ ग्यास पाइपलाइन परियोजनामा अन्तिम सम्झौता हुन सकेन
रुस र चीनबीच बहुचर्चित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनामा केही प्राविधिक प्रगति भए पनि अन्तिम सम्झौतामा पुग्न नसकेको क्रेमलिनले जनाएको छ । राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको उच्चस्तरीय वार्तापछि पनि अर्बौँ डलरको उक्त ऊर्जा परियोजना निष्कर्षविहीन बनेको हो । सन् २०२२ मा युक्रेनमाथि आक्रमणपछि पश्चिमी देशहरूको प्रतिबन्धका कारण आर्थिक रूपमा चीनमाथि निर्भरता बढाएको रुसले लामो समयदेखि यो ग्यास पाइपलाइन अघि बढाउन दबाब दिँदै आएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित