भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित
▸ यस स्टोरीको अंश: विकास आयोजनाका कानूनी जटिलता हटाउन पूर्वाधार न्यायाधिकरण गठनको तयारी
पूर्वी पहाडको लाइफलाइन मानिने मेची राजमार्गको इलामस्थित माईखोला राजदुवालीगोलाखर्क भञ्ज्याङ् खण्डमा करिब ३ किलोमिटर क्षेत्रमा लगातार सडक भासिने क्रम बढ्दा यातायात सेवा प्रभावित भएको छ। स्थानीय बासिन्दाका अनुसार यो समस्या २०७२ सालको भूकम्पपछि सुरु भएको हो र यसको मुख्य कारण पुवाखोला जलविद्युत आयोजनाको सुरुङबाट पानी चुहावट (सिपेज) भएको अनुमान छ। हालैको स्थलगत अनुगमनमा सुरुङभित्र केही स्थानबाट सामान्य रूपमा पानी चुहिएको अवस्था फेला परेको छ, तर यो सडक भासिनुको मुख्य कारण हो भन्न वैज्ञानिक आधार नरहेको बताइएको छ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित