उपत्यकाका नदी-खोलामा निर्माण मापदण्ड पुरानै व्यवस्था अनुसार कायम रहने सर्वोच्चको फैसला

यस स्टोरीको अंश: सर्वोच्चले उपत्यकाका नदी किनारामा पुरानै निर्माण मापदण्ड कायम गर्ने फैसला गर्‍यो
prasashan.com · 1 हप्ता अघि

काठमाडौँ उपत्यकाका नदी तथा खोलाको किनारामा निर्माण सम्बन्धी मापदण्डबारे सर्वोच्च अदालतले पूर्ववर्ती व्यवस्था नै लागू हुने गरी निर्णय गरेको छ । सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघिको निर्देशन पुनरावलोकन गर्दै २०६५ साल मंसिर १ गते कायम गरिएको निर्माणसम्बन्धी पुरानो मापदण्डलाई नै निरन्तरता दिने फैसला गरेको हो । फैसलाअनुसार काठमाडौँ उपत्यकाभित्रका प्रमुख नदीहरू बागमती, विष्णुमती र मनोहरा किनारामा निर्माण गर्दा २० मिटर क्षेत्र खाली छाड्नुपर्ने व्यवस्था कायम गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू