मानसरोवर जाने भारतीय तीर्थालुको संख्या बढ्दै, चार दिनमा १६९ जना हुम्ला पुगे

यस स्टोरीको अंश: मानसरोवर कैलाश दर्शनका लागि हुम्ला आउने भारतीय तीर्थयात्रीको संख्या बढ्दो, चार दिनमै १६९ जना सिमकोट आइपुगे
lokaantar.com · 1 हप्ता अघि

वर्षायाम शुरू भएसँगै मानसरोवर कैलाश दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकको संख्या सिमकोटमा बाक्लिन थालेको छ । सिजन शुरू भएपछि नेपालगञ्जबाट हवाईमार्ग हुँदै जिल्ला सदरमुकाम सिमकोटबाट हिल्सा भएर मानसरोवर कैलाश पर्वतको दर्शन गर्ने पर्यटकको संख्या बढ्न थालेको हो । चार दिनमा मात्र १६९ जना पर्यटक हुम्ला आइपुगेका छन् । गत वर्ष चार महिनामा ६ हजार ५०० भारतीय पर्यटकले मानसरोवर कैलाशको धार्मिकयात्रा गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू