देउवा दम्पती पक्राउ अनुमति कानुनी रूपमा ‘स्वतः निष्क्रिय’ भएको सर्वोच्चले व्याख्या
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नीलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र काठमाडौँ जिल्ला अदालतको कार्यक्षेत्र तथा प्रक्रियागत त्रुटी औँल्याउँदै सो आदेश दिएको हो। अदालतले कानुनको शासन र ‘ड्यू प्रोसेस अफ ल’ को पालना नभएको भन्दै काठमाडौँ जिल्ला अदालतले २०८२ चैत २४ गते दिएको पक्राउ अनुमति कानुनी रूपमा ‘स्वतः निष्क्रिय’ भएको व्याख्या गरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›