अदालतले १०० रुपैयाँभन्दा बढीका सामानमा भन्सार नलिन भनेको हो ?
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले १०० रुपैयाँभन्दा बढीका दैनिक उपभोग्य वस्तुमा भन्सार शुल्क लिने सरकारी निर्णयमा अन्तरिम रोक लगायो
स्थलमार्ग हुँदै नेपाल भित्रिने १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क लगाउने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशबारे सार्वजनिक रूपमा अन्योल देखिएको छ। केही सञ्चारमाध्यमले अदालतले भन्सार नलिन भनेको समाचार प्रकाशन गरेपछि भ्रम बढेको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार अदालतले तत्कालका लागि भन्सार व्यवस्था खारेज गरेको वा भन्सार नलिन निर्देशन दिएको छैन, बरु कार्यान्वयनका क्रममा नागरिकलाई सहज र सम्मानजनक व्यवहार गर्न भनेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित