गणतन्त्र दिवस मनाइँदै, टुँडिखेलमा पहिलोपटक प्रधानमन्त्रीको सम्बोधन नहुने
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने, राष्ट्रपतिलाई सिफारिस
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते २३९ वर्षको राजतन्त्र विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको सम्झनास्वरुप आज देशभर गणतन्त्र दिवस मनाइँदै छ । गणतन्त्र दिवस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायकप्रसाद यादव, सभामुख, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका शीर्ष नेताहरुलगायतले शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्य रुपमा मनाइनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित