वीरगञ्जका मेयरविरुद्ध पक्राउ पुर्जी
▸ यस स्टोरीको अंश: वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध किर्ते मुद्दामा पक्राउ पुर्जी जारी
जिल्ला अदालत पर्साले मेयर राजेशमान सिंहलाई पक्राउ गर्न अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साको अनुसन्धानपछि मेयर सिंहसहित चार जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो । अदालतले उनीहरूविरुद्ध सात दिने र ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । आरोप अनुसार मेयर सिंहले अर्काकी छोरीलाई आफ्नी छोरी भनी जन्मदर्ता गरेको, सोही आधारमा नागरिकता तथा राहदानी बनाई विदेश पठाएको दाबी गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›