श्रीहरि केसीको ‘मिसन’ विमोचन
▸ यस स्टोरीको अंश: चौथो काठमाडौं कलिङ साहित्य महोत्सव २३ र २४ जेठमा हुने
प्रहरी वरिष्ठ नायव निरीक्षक श्रीहरि केसीद्वारा लिखित ‘मिसन’ नामक नियात्रा कृति नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा विमोचन गरिएको छ । कृतिमा लेखक केसीले प्रहरी सेवामा रहँदा देशका विभिन्न स्थान तथा विदेश भ्रमणका क्रममा संकलन गरेका अनुभवलाई नियात्रात्मक शैलीमा प्रस्तुत गर्नुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले नागरिक सहायता तथा गुनासो व्यवस्थापन अनलाइन प्रणालीको समेत शुभारम्भ गर्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›