संसदमा हर्कको प्रश्न– सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ?

यस स्टोरीको अंश: हर्क साम्पाङद्वारा सरकारलाई सदनप्रति जवाफदेही बनाउन माग, प्लेकार्ड प्रदर्शन
shilapatra.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ राईले संसदमा प्रधानमन्त्री र मन्त्रीको उपस्थिति खोजेका छन् । बुधबारको प्रतिनिधिसभा बैठक सुरु हुने बित्तिकै श्रम संस्कृतिका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख डोलप्रसाद आर्यालले राईलाई समय दिएका थिए । समय लिएपछि उनले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने बताए । ‘सीमा नाकाको कुरा, महँगी नियन्त्रण, सहकारी पीडितलाई रकम फिर्ताको स्रोत के हो ? सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ,’ साम्पाङले भने । जनताप्रति उत्तरदायी हुनुपर्ने सदनमा सरकारका प्रतिनिधि आउनुपर्ने उनले बताए । ‘५/६ वटा प्रश्न हामी सोध्न चाहान्छौँ प्रश्नबाट भाग्ने उहाँहरूको चलनप्रति हाम्रो घोर आपत्ति छ,’ साम्पाङले भने ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू