रवि लामिछानेसँगै को को जाँदैछन् नयाँ दिल्ली ?

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाने
www.sidhakura.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै पार्टीका अन्य दुई नेता पनि भारत भ्रमणमा जाने भएका छन् । लामिछाने भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नीतिन नवीनको औपचारिक निम्तोमा भारतको तीन दिने भ्रमणका लागि जेठ १८ गते नयाँ दिल्ली जाँदैछन् । लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा रहने रास्वपाले जनाएको छ । जेठ १९ गते भाजपा अध्यक्ष नवीनले भाजपा मुख्यालयमा स्वागत गर्नेछन् र सोही क्रममा दुई नेतृत्वबीच औपचारिक संवादसमेत हुनेछ । सोही दिन लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नेछन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू