जेन जेड आन्दोलन : रवि लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न मानव अधिकार आयोगको सिफारिस
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगले रवि लामिछानेसहित १६ सांसदमाथि अनुसन्धान गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा नख्खु कारागारबाट कैदी बन्दी बाहिर पठाइएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको संलग्नता देखिएको उल्लेख गर्दै विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको छ । आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा नख्खु कारागारका प्रशासक सत्यराज जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा र हरि ढकाललाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उल्लेख छ । आयोगले कारागार प्रशासक जोशी र रवि लामिछानेसँगको सोधपुछमा बयानमा असंगति देखिएको भन्दै यथार्थ पत्ता लगाउन थप सूक्ष्म अनुसन्धान र आवश्यक कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›