एमाले सचिवालय बैठकले लगायो पदाधिकारी वरीयताको टुंगो, नामावली सार्वजनिक
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेले सचिवालय बैठकमार्फत पार्टी पदाधिकारीहरूको वरीयता क्रम औपचारिक रूपमा निर्धारण गरेको छ। पार्टी उपमहासचिव लेखराज भट्ट का अनुसार अध्यक्षको प्रस्तावअनुसार बैठकले पदाधिकारीहरूको क्रमबद्ध सूची अनुमोदन गरेको हो। निर्धारित वरीयताअनुसार पार्टी अध्यक्षमा केपी शर्मा ओली रहेका छन्। उपाध्यक्ष पदमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन्। महासचिवमा शंकर पोखरेल तोकिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›