हिमाल चढ्नु भनेको आत्माको यात्रा हो : मन्त्री पौडेल
▸ यस स्टोरीको अंश: पर्यटनमन्त्री पौडेल भन्छन्, जलवायु परिवर्तनले हिमाल संकटमा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले ७३औँ सगरमाथा दिवसका अवसरमा सगरमाथा आरोहण केवल भौतिक उचाइ प्राप्त गर्ने विषय नभई आत्माको गहिराइसम्म पुग्ने आन्तरिक यात्रा भएको बताएका छन् । उनले सगरमाथा चढाइलाई मानव साहस, ध्यान, आत्मबल र आध्यात्मिक चेतनासँग जोडेर व्याख्या गरेका हुन् । मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमाल र हिमनदीहरू गम्भीर संकटमा परेको चेतावनी दिँदै हिमालको संरक्षणलाई नेपाल मात्र होइन, सम्पूर्ण विश्वको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›