एसईई पास गरेका ५५ विद्यार्थीका लागि सांसद केपी खनालको पूर्ण छात्रवृत्ति
▸ यस स्टोरीको अंश: सांसद केपी खनालद्वारा एसईई उत्तीर्ण ५५ विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणाराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनाल ले एसईई उत्तीर्ण विद्यार्थीहरूका लागि पूर्ण छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् । उनले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ अन्तर्गत ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका हुन् । ‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षक दिइएको उक्त कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई फारम भर्न आग्रह गर्दै सांसद खनालले आवेदन लिंकसमेत सार्वजनिक गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित