राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पाद्वारा सगरमाथाको सफल आरोहण
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले संघीय संसद्को आधिकारिक लोगो समेत सगरमाथाको शिखरमा फहराएका छन्। यस ऐतिहासिक आरोहण अभियानलाई सभामुख डोलप्रसाद अर्यालसहित सहयोगी र सुभेच्छुकहरूप्रति उनले आभार व्यक्त गरेका छन्।