मन्त्रिपरिषद् बैठकका यस्ता छन् ४ निर्णयहरू
▸ यस स्टोरीको अंश: मन्त्रिपरिषद् बैठकले सहकारी प्रतिवेदन सार्वजनिक गर्ने, धानको समर्थन मूल्य तोक्ने र महानिर्देशक नियुक्त गर्ने निर्णय गर्यो
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट विभिन्न ४ वटा निर्णयहरू गरेको छ । यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय गरिएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा नेपाल (चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे-केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत भएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको छ । प्रवक्ता पोखरेलका अनुसार मोटो धानको प्रति क्विन्टल ३ हजार ६६० र मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ तोकिएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने निर्णय भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›