आज बकर इद पर्व मनाइँदै
▸ यस स्टोरीको अंश: मुस्लिम समुदायले मनाउँदै दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)
मुस्लिम धर्मावलम्बीले आज देशभरका मस्जिदमा दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) मनाउँदै छन्। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने यो पर्वमा बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा सामूहिक नमाज पढ्ने र एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ। यस पर्वको मुख्य उद्देश्य हजयात्रा हो र यसमा अल्लाहलाई खुसी पार्न जनावरको कुर्बानी (बलि) दिने गरिन्छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›