बाजुरा–हुम्ला सीमा विवाद : अबरुद्ध कर्णाली करिडोर सुचारु गर्ने सहमति

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवादमा झडप: चार घाइतेको हेलिकप्टरबाट उद्धार
singhadurbarnews.com · 1 हप्ता अघि

बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा भएको सीमा विवाद र प्रहरी चौकी निर्माणका कारण अवरुद्ध भएको कर्णाली करिडोर राजमार्ग सुचारु गर्ने सहमति भएको छ । हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल बाजुराबीचको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको हो । सहमतिअनुसार लाम्पाटामा भएको घटनाको स्थलगत अनुगमन गरी मुचुल्का बनाउने, दोषीलाई कानुनी दायरामा ल्याइने, लुटिएका सम्पत्तिको क्षतिपूर्ति उपलब्ध गराउने, घाइतेको उपचार र विस्थापित परिवारलाई स्थानान्तरण गर्ने तथा प्रहरी चौकी निर्माणका सामग्रीको क्षतिपूर्ति असुल गरी निर्माण कार्य अघि बढाउने उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू