सेनाले सिंहदरवार, राष्ट्रपति कार्यालयलगायत राष्ट्रिय संरचना जोगाउन नसकेको आयोगको निष्कर्ष
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानवअधिकार आयोगद्वारा जेनजी आन्दोलन प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी देखिएको निष्कर्ष निकालेको छ । आयोगले प्रतिवेदन सार्वजनिक गर्दै नेपाली सेनाले जनअपेक्षाअनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको निष्कर्ष निकालेको हो । त्यस्तै प्रधानसेनापति अशोकराज सिग्देललाई राष्ट्रिय सम्पत्तिको संरक्षण र आम नागरिकको मानव अधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन निर्देशन दिन पनि सरकारलाई आग्रह गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›