विपक्षी दलहरूले गरे प्रतिनिधि सभा बैठक अवरोध
▸ यस स्टोरीको अंश: विपक्षी दलद्वारा प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तरको माग, संसद बैठक अवरुद्ध
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै विपक्षी दलहरूले मंगलबारको प्रतिनिधि सभा बैठक अवरोध गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदन अवरोध गरेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले संसद्लाई बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले प्रतिनिधि सभा नियमावली २०७९ अनुसार प्रत्येक महिनाको पहिलो साता सञ्चालन हुनुपर्ने प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम नियमित गर्न माग गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›