कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

यस स्टोरीको अंश: ईपीएस पास गरेका युवाहरूले दक्षिण कोरिया जान ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन गरे
www.reportersnepal.com · 4 दिन अघि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरूले दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन् । प्रदर्शनमा सहभागीहरूले 'सबै कुरामा फिट भएर पनि कोरिया नलैजाने सिस्टम खारेज गर, हामीलाई आश्वासन होइन नतिजा दे' भन्दै नाराबाजी गरेका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू