एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष नेपालको औपचारिक आग्रह
▸ यस स्टोरीको अंश: नेपालले एलडीसी स्तरोन्नति तीन वर्ष पर सार्न राष्ट्रसंघसमक्ष औपचारिक आग्रह गर्यो
नेपाल सरकारले अतिकम विकसित राष्ट्र (एलडीसी) समूहबाट विकासशील राष्ट्रमा हुने स्तरोन्नतिको समय थप तीन वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक अनुरोध गरेको छ । सरकारले हाल निर्धारित समयावधिभित्र स्तरोन्नति गर्दा अर्थतन्त्रमा थप दबाब पर्न सक्ने निष्कर्षसहित प्रक्रिया स्थगनको प्रस्ताव अघि बढाएको हो । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति समिति (सीडीपी) लाई पत्राचार गर्दै नेपाललाई सन् २०२९ नोभेम्बरसम्म एलडीसी सूचीमै कायम राख्न आग्रह गरेको जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›