८३ हजार फरार अभियुक्त खोज्न प्रहरीको विशेष अभियान
▸ यस स्टोरीको अंश: मानव बेचबिखनमा संलग्न दुई भारतीय नागरिक पक्राउ, बालिकाको उद्धार
विभिन्न गम्भीर अभियोगमा अदालतबाट दोषी ठहर भइसकेका तर अझै फरार सूचीमै रहेका ८३ हजारभन्दा बढी अभियुक्तलाई पक्राउ गर्न नेपाल प्रहरीले देशव्यापी विशेष अभियान सञ्चालन गरेको छ । अदालतबाट दुई महिनादेखि जन्मकैदसम्म सजाय तोकिएका अभियुक्तहरूबाट ३४ अर्ब रुपियाँभन्दा बढी जरिवाना तथा राजस्व असुल गर्न बाँकी रहेपछि अदालतले फैसला कार्यान्वयनलाई तीव्र बनाउन निर्देशन दिएको हो । नेपाल प्रहरीले देशभरका आफ्ना इकाइलाई परिचालन गर्दै फरार अभियुक्त खोजी अभियानलाई आक्रामक बनाएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार भ्रष्टाचारजन्य कसुर, लुटपाट, चोरी, विभिन्न प्रकारका तस्करी, सहकारी ठगी, बलात्कार, चेक बाउन्स, ठगी, हातहतियार तथा खरखजनालगायतका गम्भीर अपराधमा अदालतबाट दोषी ठहर गरी पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई पक्राउ गर्न विशेष अपरेशन चलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›