वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: वैशाख महिनामा २३ सय बढी फरार प्रतिवादी पक्राउ, ८२५ वर्ष कैद सजाय कार्यान्वयन
नियमित गस्तीमा रहेको प्रहरीले टोलीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दाका दुई हजार ३१९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीलाई तोकिएको ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयनमा आएको छ भने उनीहरूबाट रु २१ करोड ५३ लाख ६९ हजार ११० जरिवाना असुलउपर गरिएको छ । प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›