परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन संवाद, विकास प्राथमिकतामा छलफल
परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाको राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच टेलिफोन संवाद भएको छ। संवादका क्रममा हुकरले खनाललाई बधाई ज्ञापन गर्दै नेपाल सरकारसँग सहकार्य गर्न अमेरिकी सरकार प्रतिबद्ध रहेको बताइन्। मन्त्री खनालले नेपालको समग्र विकासमा अमेरिकी सरकारको सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै सुशासन, पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत आर्थिक वृद्धिलाई सरकारले प्राथमिकतामा राखेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित