होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन

यस स्टोरीको अंश: सुकुम्वासीको आधारभूत अधिकार सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
www.setopati.com · 1 दिन अघि

संसदीय समितिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको आधारभूत मानवीय अधिकार सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले गाँस, बास, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको ग्यारेन्टी गर्न सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न निर्देशन दिएको हो। समितिले बालबालिका तथा युवाको पठनपाठन अवरूद्ध हुन नदिन, ज्येष्ठ नागरिक, महिला, गर्भवती तथा सुत्केरी महिला लगायत संवेदनशील समूहका लागि पोषण र उपचारको व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू