होल्डिङ सेन्टर रहेका सुकुम्वासीहरू गम्भीर मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस्: सांसदहरू
▸ यस स्टोरीको अंश: सांसदहरूले होल्डिङ सेन्टरका सुकुम्बासीको मानसिक तनाव र मानवअधिकार संकटमा सरकारको ध्यानाकर्षण गराए
प्रतिनिधि सभाका सांसदहरूले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरू गम्भीर मानसिक समस्यामा रहेको बताएका छन् । उनीहरूले सुकुम्वासीको मानवअधिकार र पुनर्स्थापनामा सरकार गम्भीर बन्नुपर्ने, प्रत्येक परिवारलाई पुनर्स्थापनाको स्पष्ट योजना र समयसीमा दिनुपर्ने, शिक्षा, स्वास्थ्य, रोजगारी र मनोसामाजिक सहयोगलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्ने तथा प्रभावित समुदायलाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गरेका छन् । होल्डिङ सेन्टरमा सरेपछि धेरैको रोजगारी गुमेको र घर भत्काइएको पीडाले बालबालिका, वृद्धवृद्धा र परिवारहरूमा गम्भीर मानसिक असर परेको सांसदहरूले उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›