अपराध अनुसन्धानलाई आधुनिक बनाउनु आवश्यक छ: महानिरीक्षक कार्की
▸ यस स्टोरीको अंश: प्रहरी हिरासतको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले परम्परागत अनुसन्धान प्रणालीलाई समयानुकूल सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । आईजीपी कार्कीले प्रहरी हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै भेन्टिलेसन सुधार तथा उजुरी प्रणालीलाई प्रविधिमैत्री बनाउने काम भइरहेको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›