शर्मालाई प्रधानन्यायाधीश बनाउन गरिएको सिफारिस सर्वोच्चले हेर्ने, सपनाले दिइन् यस्तो आदेश
▸ यस स्टोरीको अंश: कामु प्रधानन्यायाधीशको आदेशपछि रिट दर्ता, प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध निवेदनहरू दर्ता गरिए
प्रधानन्यायाधीश नियुक्तिको सिफारिसलाई लिएर प्रश्न उठिरहेका बेला यस सम्बन्धमा सर्वोच्च अदालतले निर्णय गर्ने भएको छ। कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस सम्बन्धी रिट दरपीठविरूद्ध परेका निवेदन दर्ता गर्न आदेश दिएकी छन्। संवैधानिक परिषद्ले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेकामा त्यससम्बन्धी रिट दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णयविरूद्ध परेका निवेदन दर्ता गर्न कामु प्रधानन्यायाधीश प्रधानले सोमबार प्रशासनिक आदेश दिएकी हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›