किसानलाई समयमा मल उपलब्ध गराउन रास्वपा सांसद सिंहको माग
▸ यस स्टोरीको अंश: रास्वपा सांसद सिंहद्वारा उखु किसानको भुक्तानी र मल व्यवस्थाको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले किसानलाई समयमा मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ । उहाँले उखु किसानले चिनी मिलबाट अझै भुक्तानी नपाएको र सरकारले दिने अनुदानसमेत उपलब्ध हुन नसकेको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सिंहले बागमती नदी कटानबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन र कटान नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्न पनि सरकारसँग माग गर्नुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित