श्रीमती, स्वकीय सचिव र अन्य दुई नेता लिएर दिल्ली जाँदै रवि लामिछाने
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाँदै, उच्चस्तरीय भेटवार्ता गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा जाने भएका छन् । जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्ने उनको नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहरा, पत्नी निकिता पौडेल र स्वकीय सचिव अविनाश आचार्य सहभागी रहनेछन् । भ्रमणका क्रममा लामिछानेले भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री एस जयशंकरसँग पनि भेट्ने कार्यक्रम छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›