‘ग्रे लिस्ट’ बाट बाहिरिने विषयमा प्रहरी महानिरीक्षकसँग एपीजीका प्रतिनिधिको छलफल

यस स्टोरीको अंश: नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल
bankingsamachar.com · 1 हप्ता अघि

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी)का प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा आज भएको भेटमा प्रहरी महानिरीक्षक कार्कीले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानीको सूची (ग्रेलिस्ट) बाट बाहिर निकाल्न चालिएका कदमबारे अवगत गराएका थिए। नेपालले प्रस्तुत गरेको कार्ययोजनाको कार्यान्वयनमा प्रमुख कानुन कार्यान्वयन गर्ने निकायका रूपमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत छलफल भएको थियो। भेटका क्रममा प्रहरी महानिरीक्षक कार्कीले सम्पत्ति शुद्धीकरण निवारण प्रणालीलाई मजबुत बनाउन नेपाल प्रहरीले अन्य सरोकारवाला निकायसँग गरिरहेको प्रभावकारी समन्वय र कारबाहीको अवस्थाबारे जानकारी गराउनुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू