स्कटल्याण्डमाथि नेपालको सानदार जित
▸ यस स्टोरीको अंश: सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १५० विकेट लिँदै विश्व कीर्तिमान राखे
स्पिनरद्वय ललित राजवंशी र सन्दीप लामिछानेको घातक बलिङ तथा ब्याटरद्वय ईशान पाण्डे र कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट अर्धशतकीय योगदानको मद्दतले नेपालले आइसिसी विश्वकप लिग–२ मा स्कटल्यान्डमाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ। यही खेलमार्फत लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय (ओडिआई) क्रिकेटमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गर्ने नयाँ विश्वकीर्तिमान समेत रचेका छन्। कप्तान रोहित र ईशानको शतकीय साझेदारी नेपालको जितमा ब्याटिङतर्फ डा. ईशान पाण्डे र कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›