प्रधानमन्त्रीले बुझ्नुपर्छ, सदनलाई विश्वासमा लिनु भनेको सिंगो देशको विश्वास प्राप्त गर्नु हो
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति यादव भन्छन्: लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न सबै दल जिम्मेवार हुनुपर्छ
मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिका प्रथम राष्ट्रपति हुन्, डा. रामवरण यादव । तत्कालीन माओवादी नेतृत्वको सरकारले २०६६ मा हठात् सेनापति हटाउन खोज्दाका बखतबाहेक विवादित नभएका डा. यादवकै हातबाट २०७२ सालमा ‘नेपालको संविधान’ जारी भएको हो । संविधानसभाबाट निर्मित संविधान जारीलगत्तै पदबाट बिदा लिएका यादव त्यसयता विधिको शासन र लोकतन्त्रको प्रवर्द्धनका पक्षमा अभिमत राख्दै आएका छन् । १९औँ गणतन्त्र दिवसको सन्दर्भ पारेर सरकारका कदम, गणतन्त्र र देशको भविष्यसहित नागरिकका रूपमा पूर्वराष्ट्रप्रमुखका अपेक्षासहितका विषयमा बाह्रखरीका रमेश वाग्लेले संवाद गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›