चीनबाट उड्नेबित्तिकै ट्रम्पले किन जापानकी प्रधानमन्त्रीलाई फोन गरे ?

यस स्टोरीको अंश: ट्रम्पले जापानका प्रधानमन्त्रीलाई फोन गरेपछि ताइवानको रणनीतिक महत्त्वमाथि प्रश्न
clickmandu.com · 1 हप्ता अघि

चीनका राष्ट्रपति सी चिनपिङसँगको बहुप्रतीक्षित शिखरवार्ता सकेर बेइजिङबाट फर्कने क्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अर्थपूर्ण कूटनीतिक कदम चालेका छन्। चीनबाट उडेको चार घण्टापछि विमानबाटै गरिएको यो १५ मिनेटको फोन वार्तालाई कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। चिनियाँ राष्ट्रपति सीले वार्ताका क्रममा ताइवानको मुद्दामा गल्ती गरिए युद्ध हुनसक्ने कडा चेतावनी दिएको भोलिपल्टै ट्रम्पले जापानसँग संवाद गर्नुलाई ताइवान सुरक्षाको रणनीतिक योजनाका रूपमा विश्लेषण गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू