वीरेन्द्रनगर उपत्यकाको भूमिगत पानी जोगाउन र जलवायुजन्य प्रकोपसँग लड्‌न एकीकृत जलाधार गुरुयोजना

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलले सगरमाथाको संरक्षण र जिम्मेवार पर्यटनमा जोड दिए
shilapatra.com · 2 दिन अघि

कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिकाको उपत्यका क्षेत्रमा भूमिगत पानीको संरक्षण, जल र वायुजन्य प्रकोपको जोखिम न्यूनीकरण गर्न एकीकृत जलाधार व्यवस्थापन गुरुयोजना कार्यान्वयनमा ल्याएको छ । वार्षिक नीति, कार्यक्रम तथा बजेटमा समावेश भएको यो योजना चालु आर्थिक वर्ष २०८२/०८३ बाट कार्यान्वयनमा आएको हो । पछिल्लो समय कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगर उपत्यकामा बढ्दो शहरीकरण, भू–उपयोग परिवर्तन तथा जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै जानुका साथै बाढी तथा भू–जोखिमको समस्या जटिल बन्दै गएपछि प्रदेश सरकारले दीर्घकालीन पानी सुरक्षा सुनिश्चितता र जलाधार व्यवस्थापन तथा जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न एकीकृत जलाधार व्यवस्थापनका कार्यक्रम सञ्चालनार्थ गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू