सहकारी बैकमा एमालेको राजनीतिकरण विरुद्ध सरकारको 'एक्सन', दलीय उम्मेदवार नबन्न निर्देशन
▸ यस स्टोरीको अंश: महावीर पुनद्वारा ट्याक्सीको 'कालो प्लेट' वितरणमा १५ लाखको चलखेल र भ्रष्टाचारको आरोप
नेकपा एमालेले सहकारी बैङ्कको निर्वाचनमा दलीय उम्मेदवारलाई जिताउन सर्कुलर जारी गरेपछि सरकारले हस्तक्षेप गरेको छ । भूमि व्यवस्था, सहकारी, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी संघ संस्थाहरुको सञ्चालक समितिको निर्वाचनमा राजनीतिक दलहरूबाट दलीय आस्थाका आधारमा प्यानल खडा गरी प्रतिस्पर्धा गर्ने खालका गतिविधिहरूलाई निरुत्साहित गर्न आग्रह गरेको छ । सहकारीका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू विपरीत यस्ता गतिविधिहरूबाट सहकारी ऐन, २०७४ को प्रस्तावना र कानुनी व्यवस्थालाई प्रतिकूल असर गर्नुका साथै सहकारी क्षेत्रमा सुशासन कायम गराउनमा समेत नकारात्मक असर पुग्ने मन्त्रालयले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›