ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, २६ लाख ठगेको आरोपवैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका मधुसुदन पराजुली तथा पर्वतका प्रकाश बाँस्तोला रहेका छन् । पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›