एभरेष्ट समिटर्स समिटः २६ देशका १७६ आरोहीलाई सम्मान
▸ यस स्टोरीको अंश: पर्यटन मन्त्री पौडेलद्वारा सगरमाथालाई नेपालको गौरव र पहिचानको प्रतीक घोषणा
दोस्रो संस्करणको ‘एभरेष्ट समिटर्स समिट–२०२६’ अन्तर्गत २६ देशका १७६ सगरमाथा आरोहीलाई सम्मान गरिएको छ । एभरेष्ट अलायन्स नेपालको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा आज काठमाडौँमा आयोजित कार्यक्रममा विश्वका २६ देशका १७६ सगरमाथा आरोहीलाई विशेष पदक र प्रमाणपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा पर्यटनमन्त्री पौडेलले सगरमाथा आरोहीहरूको साहस र दृढ सङ्कल्पको प्रशंसा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित