ईयू राजदूतहरुसंग प्रधानमन्त्रीः सन्तुलित एवं व्यावहारिक विदेश नीति अवलम्बन गर्ने अठोट
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा ईयू राजदूतहरूसँग नागरिकको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त
प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूतहरूसँगको भेटमा उनले नेपालमा हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि जनादेश दिएको र नीतिगत निरन्तरता रहने स्पष्ट पारे । नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने र शान्ति कायम गर्न संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा जोड दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित