महासंघमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदमा त्रिपक्षीय भिडन्त, मतदान केही बेरमा हुँदै
▸ यस स्टोरीको अंश: महासंघ वरिष्ठ उपाध्यक्षमा संघाई र वैद्यबीच सीधा प्रतिस्पर्धा
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औं वार्षिक साधारणसभापछि गठित नयाँ कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन प्रक्रिया अघि बढाएको छ । वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघाई, सुरकृष्ण वैद्य र हेमराज ढकाल तथा कोषाध्यक्ष पदका लागि मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधानलाई अघि सारेका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›