संसदमा सांसद महरको प्रश्न- बझाङमा बिजुली उत्पादन भए पनि किन अध्यारो ?

यस स्टोरीको अंश: सांसद महरले बझाङमा बिजुली उत्पादन भए पनि जनता अँध्यारोमा बस्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए
www.pardafas.com · 19 घण्टा अघि

नेकपा एमालेका सांसद ऐन महरले बझाङ जिल्लामा पर्याप्त मात्रामा जलविद्युत उत्पादन भइरहे पनि स्थानीय जनता अध्यारोमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। उनले बझाङमा ७० मेगावाट भन्दा बढी विद्युत उत्पादन भइ राष्ट्रिय प्रसारण लाइनमा जोडिएको भए पनि जिल्लाका ४० प्रतिशतभन्दा बढी जनता अझै पनि बिजुलीको पहुँचबाट टाढा रहेको तथ्य पेस गरे। समस्या समाधानका लागि बझाङमा तत्काल सबस्टेसन निर्माण गर्न र सञ्चार सेवा सहज बनाउन सरकारसँग जोडदार माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू