संसदमा राप्रपा : उठाइएका मुद्दामा स्पष्ट, प्रस्तुती संयमित
▸ यस स्टोरीको अंश: राप्रपा सांसदहरूले बजेट अधिवेशनमा जनजीविका र अर्थतन्त्रका मुद्दा उठाए
प्रतिनिधि सभाको चालु बजेट अधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले जनजीविकादेखि अर्थतन्त्र, निजी क्षेत्र, सुशासन तथा संवैधानिक मर्यादासम्मका विषयलाई प्राथमिकताका साथ उठाएका छन् । विशेषगरी चालु अधिवेशनमा राप्रपाले क्यान्सर रोगीहरूले औषधि नपाएको विषय, स्वदेशी उद्योगको संकट, निजी क्षेत्रको मनोबल खस्किएको अवस्था, अधुरा आयोजना, बेरुजु, बजेटको व्यवहारिकता तथा संसदको नियमावलीमार्फत संवैधानिक सीमाभन्दा बाहिर जाने प्रयासजस्ता विषयलाई मुख्य प्राथमिकताका रूपमा अघि सारेको छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›