अन्तर्राष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री
▸ यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल: अन्तर्राष्ट्रिय सम्बन्ध विकास र लगानी विस्तारमा केन्द्रित, राहदानी सेवा सहज
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवद्र्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले नेपालले स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्दै आएको तथा राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास, शान्ति तथा अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनु नेपालको परराष्ट्र नीतिको मुख्य उद्देश्य भएको बताए । मन्त्री खनालले राहदानी वितरण प्रक्रियालाई निकै सहज बनाएको र विदेशमा रहेका नेपालीका समस्या सम्बोधन गर्न ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरिएको जानकारी दिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›